×

मधेश आन्दोलनबाट उदाएका उपेन्द्र यादवलाई मधेशी जनताले मधेशको मुद्दा सम्वोधन गर्न सक्ने नेताको रुपमा रहेको भन्दै मधेशी जनताले भोट दिएपछि अचानक उपेन्द्र यादव नेपालको राजनीतिमा उदाए ।


वि.स. २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल नामक गैर राजनीतिक संस्था खोलेका यादवले २०६४ वैशाख १४ गते राजनीतिक दलको रुपमा स्थापीत गरे । अचानक पाएको सफलतालाई स्वाद पनि नचाख्दै यादवले आफनो हैकमवादी प्रवृति देखाउन सुरु गरेपछि पार्टी गठन भएको पाच महिना नवित्दै मधेशी जनअधिकार फोरम नेपाल फुटे । हठी स्वाभावबाट आजिज भएर सोहि पार्टीका प्रमुख नेता भाग्यनाथ गुप्ताल वि.स. २०६४ भदौ १५ गते मधेशी जनअधिकार फोरम मधेश नामको पार्टी गठन गरे ।


आफना प्रमुख नेता अलग्गीए पछि पनि आफुनै सर्वश्रेष्ठ ठान्ने प्रवृतिका कारण वि.स.२०६५ चैत ७ गते फोरम नेपाल फेरि फुटी अमर यादवको नेतृत्वमा मधेश तराई फोरम गठन भए ।अचानक पाएको जितबाट हौसीएका यादवले आफनो पार्टीमा झमेला गर्नबाट टांढिएनन । दुरदर्शी र मधेशका मसीहा सावीत गर्नका लागि उनले पटक पटक विभाजीत वन्दै गएको पार्टीलाई बचाउन केहि पहल समेत गरेनन । फलस्वरुप वि.स. २०६६ जेठ मा फोरम नेपाल फेरी फुटे । पद लोलुप्ताकै कारण विजय कुमार गच्छदारको नेतृत्वमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन भए । पार्टी टुटफुट भइरहेको विषयमा गहन विश्लेषण गरि त्यसमा सुधार ल्याउनुको सटटा अध्यक्ष यादव सताको मातमा डुविरहे । आफु मात्रै हावी हुने सोचका कारण २०६८ जेठ ९ गते फोरम नेपालमा पुनः फुट भए ।


तत्कालीन वौद्धिकवर्गका नेता जयप्रसाद गुप्ताको नेतृत्वमा मधेशी जनअधिकार फोरम गणतान्त्रीक गठन भए । टुटफुटका कारण अलिकती पनि आफनो गुम्दै गएको लोकप्रियतालाई वुझन नचाहेका उनले मधेशी जनताले दिएको भोट र मायालाई पनि विर्सन कोशिस गरे । उनले एमाले संग अलग भएका अशोक राईसंग एकिकृत हुदै पार्टीको नामबाट मधेश शव्द नै विलिन गरि समाजवादी फोरम नामको पार्टी गठन गरे । अशोक राईसंग पार्टी एकता गरि पहाडको पनि माया पाउने सोचका साथ मधेश शव्दलाई विलिन गरेका यादवलाई निर्वाचनमा पहाडबाट चोटिलो हार पाए र मधेशबाट पुनः माया पाए । यति हुदा हुदै पनि उनि आफुलाई परिवर्तन गर्न चाहेनन ।


त्यसपछि उनले बाबुराम भटराईको नेतृत्वमा रहेको नया शक्ति पार्टीसंग एकता गर्दै समाजवादी पार्टी गठन गरे । क्षेत्रिय पार्टीको दर्जा पाएको यादवले राष्ट्रिय पार्टी बनाउन मधेश शव्द विलिन गरेर बाबुराम भटराई संग एकता गरेपनि पार्टीलाई केहि फाइदा भएन । अन्ततः जनताले देशमा रहेका दुइ मधेशी शक्तिलाई एकिकृत हुनुपर्ने जनचाहना अनुरुप राष्टिय जनता पार्टी संग एकता गर्दै जनता समाजवादी पार्टी वनाए । नेपालको राजनीतिमा शक्तिशाली दलको रुपमा अगाडी आएका जनता समाजवादी पार्टी अहिले आएर पुनः फुटको संघारमा छ ।


दुइपक्ष मध्ये एक पक्षले संघ सरकारमा गएपछि प्रदेशमा आएर उपेन्द्र यादवले चलखेर गरेर मधेशलाई कमजोर मात्रै होइन ,मधेशी जनताले विर्सन लागेका दलहरुलाई उपेन्द्र यादवले पुनः स्थापीत गर्न खोजेर आफनै खुटटामा बन्चरो हान्ने प्रयास गरेको छ । यो कुरा कतिको घातक हुने कुरा पछि वताउने छ तर आफनो मुद्दालाई विर्से किक आउट हुने कुरा नेपाली कांग्रेसबाट सिके हुने राजनीतिकर्मीहरुको भनाई रहेको छ ।  साभार : मधेश आवाजबाट

Back to top