×

वीरगञ्ज, २६ जेठ । प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रीमण्डल विस्तार गरेका छन् । 

जसपाको महन्थ ठाकुर पक्षका १ जना मन्त्री र ३ जना राज्यमन्त्रीलाई पदमुक्त गरेपछि मुख्यमन्त्री राउतले ६ वटा मन्त्रालयलाई टुक्र्याएर ११ बनाई मन्त्रीमण्डल विस्तार गरेका हुन् । 

मुख्यमन्त्री राउतले मन्त्रीमण्डल विस्तार ११ वटा मन्त्रालयमध्ये ३ वटा मन्त्रलाय नेपाली कांग्रेस र २ वटा माओवादी केन्द्रलाई दिएका छन् ।

विस्तार गरिएको मन्त्रालयमा पर्साबाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा पनि मन्त्री बनेका छन् । शर्मालाई ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शर्मा नेपाली कांग्रेसको तर्फबाट सामानुपातिक तर्फबाट प्रदेशसभा सदस्य हुन् । उनी यसअघि समानुपातिक तर्फबाट संविधानसभा सदस्य थिए ।

सफल उद्योगी र व्यसायीसमेत रहेका शर्मा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष पनि रहिसकेका छन् ।

Back to top