×

फाइल तस्बिर

वीरगञ्ज २५ जेठ । सशस्त्र प्रहरी बलले प्रदेश २ मा सात महिनाको अवधिमा साढे २४ करोड रुपैयाँ बराबरको अवैध वस्तु बरामद गरेको छ। नेपाल–भारत सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीले गत मंसिर १५ देखि जेठ १९ गतेसम्म २४ करोड ५६ लाख ६६ हजार ५८७ रुपैयाँ बराबरको अवैध वस्तु बरामद गरेको हो।

प्रदेश २ मा ४६५ किलोमिटर भारतसँग खुला सीमा जोडिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ७५ लाख ८९ हजार ४७५ रुपैयाँ बराबरको वस्तु बरामद भएको तथ्यांक २ नम्बर बाहिनीसँग छ।

तथ्यांकगत रुपमा प्रदेश २ का आठ जिल्लामध्ये राजेन्द्र खड्काको कमाण्डमा रहेको पर्सामा सात करोड ६५ लाख ९१ हजार ४७३ रुपैयाँ बराबरको अवैध वस्तु बरामद भएको छ। धनुषामा ३ करोड ४ लाख ८८ हजार ५७ रुपैयाँको वस्तु बरामद भएको छ।

सीमा क्षेत्रमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीको चुस्त कार्य सम्पादनका कारण यस वर्ष बढी अवैध वस्तु बरामद भएको सशस्त्र प्रहरी २ नम्बर छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतम बताउँछन्। यस प्रदेशमा सशस्त्रको घुमुवा टोली छैन। यो समाचार थाहाखबर बाट ।

Back to top