×

२४ जेठ । घाइते बनेका ट्रेन्ट ​अलेक्सान्डर आर्नोल्डको स्थानमा ब्राइटनका डिफेन्डर बेन ह्वाइट इङ्ल्याण्डको युरो २०२० टोलीमा समावेश गरिएको छ । २३ वर्षीय खेलाडीले गत हप्ता अस्ट्रियाविरुद्ध १–० को जीत निकालेको खेलमा टोलीमा डेब्यु गरेका थिए । सोही खेलमा अलेक्सान्डर आर्नोल्ड घाइते भएका थिए ।


आइतबार रोमानियाविरुद्धको खेलमा टाइरोन मिंग्ससँगै खेलको शुरुवाती ११ मा रहेका थिए । गेराथ साउथ गेटको टोलीले आइतबार समूह डी अन्तरगतको शुरुवाती खेलमा वेम्बले स्टेडियममा क्रोएसियाको सामना गर्दैछ ।
बेन ह्वाइटसँगै एभर्टनका बेन गोडफ्रे, साउथह्याम्पटनका जेम्स वार्ड प्राउसे, जेसे लिन्डगार्ड र ओली वाट्किन्स टोलीमा पर्नका लागि दाबेदार रहेका थिए ।

Back to top