राजीव पटेल :
म र तिमीमा खासै फरक त छैन
फरक यति मात्रै हो कि
म अफ्नो र परिवारको पेट पाल्नको लागि लड्दैछु र तिमी कुर्सीको लागि ।
म जीवन र मृत्युसँग लड्दा एउटा एम्बुलेन्स नपाएर ट्याक्टरमा जान बाध्य छु
तर तिमी हिँड्दा ५/१० वटा गाडी अगाडि पछाडि लिएर हिँड्छौ ।
म आफ्नो जीवन र मृत्युसँग लड्ने बेला अस्पताल पाउँदैन
तर तिमी हाँच्छ्यु आएपनि सिंगापुर र अमेरिका धाउँछौ ।
म खान नपाएर रुदाँ कसैले नदेख्ने
तर तिमी कुर्सीको लागि मञ्चबाट रुँदा सबैले देख्ने ।
मैले धाराको पानी पनि राम्ररी नपाउने
तर तिम्रो लागि विदेशबाट पानी आउने ।
मलाई जीउ ढाक्ने लुगा छैन
तर तिमी जमीन ढाक्ने कार्पेट किन्छौ ।
तिम्रो र मेरो साथीमा पनी फरक छ ।
मेरो साथी एम्बुलेन्स नपाएर मृत्युवरण गर्नु परीरहेको छ
तर तिम्रा साथी २ घण्टाको बाटोमा पनि हेलिकप्टरमा जान्छन्
मलाई डायलासिस गराउन नपाएर ज्यान गुमाउनु परिरको छ
तर तिमी २/२ चोटि मिर्गौला फेर्न सक्छौ ।
मैले आफ्नो मेहनतको पैँसाले छोरा र छोरीको लागि ल्याएको ३ वटा मोबाइल तिम्रो एयरपोर्टले देख्ने
तर ३३ किलो सुन आउँदा नदेख्ने ।
मैले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमीन माग्न भनेको थिएँ
तर तिमी मलाई नक्सा मात्र दियौं ।
म एउटा कार्यालयमा काम गर्नेको अवकास पाउने उमेर हुन्छ
तर तिमी देश हाँक्नेको छैन ।
मेरो परीक्षा गर्ने/नगर्ने विषयमा निर्णय लिन तिमी ३ महिना लगाउँछौ
तर तिम्रो निर्वाचनको निर्णय लिन एकदिन पनि लाग्दैन ।
देशमा भ्याक्सिन र सिलिन्डर किन्न सक्ने पैँसा नभएर म मर्दैछु
तर तिमी ४० अर्ब लाग्ने निवार्चनको खर्च कहाँबाट ल्याउँछौ ?
म जति बेला चाहन्छु तिमीलाई हटाउन सक्दैन
तर तिमी जुनबेला चाहन्छौ संसद विगठन गर्छौ ।
आखिर तिमी र म एउटै देशको नगिरिक हैनौं ?
तर तिमी किन यस्तो र? अनी म किन यस्तो ?
भोटे दिने बेला त एउटा जनताको छोरालाई आफ्नो प्रतिनिधि मात्र बनाएर पठाएका थियौँ
तर तिमी त्यहाँ जाने बित्तिकै राजा पो भयौ त ।
सायद गल्ती हाम्रै थियो
भोट दिने बेला पार्टी, जात, धर्म, नातेदार, मधेसी, पहाडी अनि लोभ हेरे दिएका थियौँ
न त मान्छे हेर्यौ न त मान्छेको व्यवहार ।
त्यसैले त म र तिमीमा फरक छ ।।