×

वीरगञ्ज ५ जेठ । भारतमा पछिल्लो २४ घटनामा कोरोनाभाइरस अर्थात कोभिड-१९ सङ्क्रमणबाट ४ हजार ५ सय २५ जनाले ज्यान गुमाएका छन् । यो एकै दिन मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण हुनेको संख्या घटे पनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

सोमबार ४ हजार ३ सय ४० जनाको मृत्यु भएको थियो । त्यस्तै, आइतबार ४ हजार ९२ जनाले ज्यान गुमाएका थिए । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार २७६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार १ सय ७४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । यो सोमबारको भन्दा ४ हजारले कम हो ।

योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ५४ लाख ९५ हजार १४४ पुगेको छ । सक्रिय सङ्क्रमित पनि ३२ लाख ३२ हजार १६५ पुगेका छन्।

पछिल्लो पटक दिल्ली र महाराष्ट्रमा सङ्क्रमण नियन्त्रमा आउन थालेको छ । तर, नेपालसँग जोडिएका उत्तर प्रदेश, उत्तराखण्ड, बिहार र पश्चिम बंगालमा भने सङ्क्रमण बढ्ने क्रममा यथावत रहेकाे छ ।

Back to top