×

वीरगञ्ज ५ जेठ । नारायणी अस्पतालमा मंगलबार गरिएको कोरोना परिक्षणमा थप १ सय ६ जना सङ्क्रमित भेटिएका छन् ।

अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले उपलब्ध गराएको तथ्यांक अनुसार अस्पतालको प्रयोशालामा विभिन्न स्थानबाट आएका २ सय ८८ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा २५ महिलासहित १ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि हुनेमा पर्साका सबैभन्दा धेरै ७७ जना रहेका छन् । त्यस्तै बाराका १५, रौतहटका ६ र सर्लाहीका ८ जनामा पनि सङ्क्रमण देखिएको डा. दासले जानकारी दिए ।

थपिएका सङ्क्रमितहरुमा डेढ वर्षीय बालकदेखि ७५ वर्षीय वृद्धसमेत रहेका छन् । उनीहरुको सिटि भ्यालु १५ देखि ३५ सम्म रहेको डा. दासले बताए ।

Back to top