×

वीरगञ्ज, ४ जेठ । कोभिड-१९ (कोरोनाभाइरस) सङ्क्रमितहरुको उपचारका लागि पर्साको ठोरी गाउँपालिकाले २० बेडको आइसोलेशन सेन्टर सुरु गरेको छ ।

घ्याङ्डाँडास्थित गाउँपालिकाको कार्यालयमा अक्सिजनसहितको २० बेडको आइसोलेशन सेन्टर सञ्चालनमा आएको हो । 

पछिल्लो समय अक्सिजनको अभावमा सङ्क्रमितहरुले ज्यान गुमाउन थालेपछि गाउँपालिकाले अक्सिजनसहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठ जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले गम्भीर किसिमको लक्षण देखिने सङ्क्रमितहरुलाई आइसोलेशन सेन्टरमा ल्याएर उपचार गरिने बताए । गम्भीर लक्षण नदिएकाहरुलाई गाउँपालिकाबाट खटाईएका स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आइसोलेशनमा राहिने श्रेष्ठ भनाई छ । 

स्वास्थ्य मन्त्रालयले पनि गम्भीर लक्षण नदेखिने सङ्क्रमितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेशनमा रहन सुझाव दिएको छ ।

श्रेष्ठले होम आइसोलेशनमा रहेका सङ्क्रमितहरुको उपचारका लागि आवश्यक औषधी गाउँपालिकाले व्यवस्था गर्ने बताए ।

उनले कोभिड सङ्क्रमणको दोस्रो लहर पहिलोभन्दा खतरनाक रहेकोले प्रशासनद्वारा लागु गरिएको निषेधाज्ञालाई पालना गर्दै घरभित्र रहेर स्वास्थ्य सुरक्षा मापदण्डलाई पालन गर्न आग्रहसमेत गरेका छन् ।

Back to top