×

वीरगञ्ज, ४ जेठ । महोत्तरी जिल्लामा सौचालय निर्माणको विषयलाई दुई पक्ष बीच झन्डा हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ३ स्थित बरदाहा गाउँमा शौचालय निर्माणओको विषयलाई लिएर भएको झडपमा २६ वर्षीय जाविर राइनको मृत्यु भएको हो ।

झडपमा दुवै पक्षले लाठी र चिर्पटको प्रयोग गरेर एकअर्कामाथि आक्रमण गरेको महोत्तरी प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश विष्टले जानकारी दिए ।

मामा–भान्जा स्थानीयवासी मोस्लिम राइन र मोतालिभ राइनबीच मंगलबार शौचालय निर्माणबारे विवाद भएको डीएसपी विष्टले बताए । 

लाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले जाविरको टाउकोमा बाँसको लाठीले प्रहार गरेपछि उनि घाइते भएका थिए । विष्ट अनुसार उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनामा मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते भएका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोतालिभ राइन र असरफ राइनलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको विष्टले बताए ।

Back to top