×

वीरगञ्ज, ४ जेठ । गएको २४ घण्टामा देशैभर ६ हजार ८ सय ९१ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।  योसँगै नेपालमा जम्मा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । देशैभर २० हजार ९ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा थपिएका संक्रमितको संख्यासँगै नेपालमा हाल १ लाख १४ हजार ५ सय २९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार नेपालमा जम्मा संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ सय ९६ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कुल ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ११ जना पुगेको छ ।
 

Back to top