×

तस्विर सौजन्य ।

वीरगञ्ज, ४ जेठ । पर्सा जिल्लामा जारी निषेधाज्ञाको समयमा अवैध तरिकाले नेपाल भित्रिएका भारतीय मोटरसाइकलहरु पर्सा प्रहरीले जफत गरेको छ । 

कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा अवधिमा अवैध तरिकाले नेपाल भित्र्याएर चलाइरहेको अवस्थामा, कागजपत्र नभएको र वेवारिस अवस्था विभिन्न स्थानमा पार्किङ्ग गरेर राखिएको ११ वटा भारतीय नम्बरको मोटरसाइकल प्रहरीले जफत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनाल अनुसार जफत गरिएका मोटरसाइकलहरु अलग-अलग मितिमा पर्सा प्रहरीद्वारा खटाइएको टोलीद्वारा जिल्लाको विभिन्न स्थानबाट जफत गरिएको हो । 

प्रहरीले विआर०६विजी ९६४२, विआर०५एए ६६९४, विआर०५ए१ ८९२०, विआर०१विएम ७८०६, विआर२२एए ७०५४, विआर०५के ५२५९ नम्बरको ६ वटा बजाज पल्सर, विआर०५डब्लु ०३७८, विआर०२५एस ३३०५, विआर०५वाई २५३२ नम्बरको ३ वटा हिरो ग्ल्यामर, एमपी२०केए ७८६८, युपी६२एएल ४९३२ नम्बरको २ वटा होन्डा, विआर२२एल ४२२० नम्बरको सीभीजेड, विआर०५एनन ४४५२ नम्बरको अपाची, विआर२२एएच ८८९४ नम्बरको प्यासन प्रो, विआर०५ई ३५१८ नम्बरको डिस्कभर, विआर०५एके ४२३९ नम्बरको स्टार सिटी, विआर०५एम ६३४५ नम्बरको प्लाटिना, डीएल३एसजीजे ५०९५ नम्बरको हिरो आईजीएम, विआर०५एक्स ७७७२ नमारको सपेल्डर गरी १९ वटा मोटरसाइकल जफत गरिएको डिएसपी खनालले जानकारी दिए । 

डिएसपी खनाल अनुसार जफत गरिएको मोटरसाइकलहरुको मुल्याङ्कन २२ लाख ६० हजार रुपैयाँ गरिएको छ ।

जफत गरिएका मोटरसाइकल मुल्याङ्कन पश्चात आवश्यक कारवाहीका लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको खनालले बताए ।

Back to top