×

वीरगञ्ज, ४ जेठ । वीरगञ्ज महानगरपालिद्वारा गोपाल मण्डलीमा सञ्चालित कोभिड अस्थायी अस्पतालमा रोटरी क्लब वीरगञ्जले अक्सिजन कन्सनट्रेटर लगायत स्वास्थ्य सुरक्षा सामग्री र उपकरण सहयोग गरेको छ ।

क्लबले मंगलबार महानगरपालिकालाई ५ थान अक्सिजन कन्सनट्रेटर, ३ सय थान डाक्टर गाउन, ३ थान इलेकट्रिक निडल डीसट्रायर, ५० थान आईभी ड्रिप स्टेन्ड र १ थान हाई फ्लो अक्सिजन क्यानुला मेशिन सहयोग गरेको हो ।

क्लबका सदस्य र हिमालयन डिस्टिलरीको आर्थिक सहयोगमा खरिद गरिएको सामग्रीहरु महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई हस्तान्तरण गरिएको क्लबका सचिव सोहन पोदारले जानकारी दिए ।

क्लबले यसअघि नारायणी अस्पताललाई स्वास्थ्य सामग्री र निषेधाज्ञाबाट प्रभावित गरिव तथा विपन्नहरुलाई खाद्यान्न सहयोग गरेको थियो । क्लबले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने गुप्ताले बताए ।

Back to top