×

वीरगञ्ज, ४ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताएपनि त्यस्तो नभएको पाइएको ।

अध्यक्ष यादवले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरसँग सहमतिपछि महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताएका थिए । 

यादवले महन्थ ठाकुरसँग भएको सहमति अनुसार महतोलाई पदबाट हटाईएको बताएपनि ठाकुरले महतो संसदीय दलको नेता भएको पत्र संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् । 

उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन् । 

तर, अध्यक्ष ठाकुरले  वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराएका छन् । 

सोही पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाइएको छ । 

Back to top