×

वीरगञ्ज, ४ जेठ । बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा कुनै पनि प्रकारका पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन्। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । त्यस्तै निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्वन्धी सूचना वा लिलामी सम्वन्धी सूचना जारी गर्न नपाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ। 

निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्न सक्ने व्यवस्था मिलाइने छ। 

निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिनेछ।

Back to top