×

फाइल तस्विर ।

वीरगञ्ज, ४ जेठ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश नम्बर २ सरकारले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि आफै कुनै प्रभावकारी कदम उठाउँन नसकेपछि फेरी सङ्घ सरकारलाई दोष दिन सुरु गरेको छ ।

दोस्रो लहरको कोरोनाभाइरस सङ्क्रमणबाट प्रदेश नम्बर २ को अवस्था भयावह बनिसक्दासमेत बैठक र गोष्टि बाहेक कुनै प्रभावकारी काम गर्न नसकेको प्रदेश सरकारले सङ्घ सरकारले काम गर्न अफ्ठ्यारो पारेको आरोप लगाएको हो ।

प्रदेश नम्बर २ का मूख्यमन्त्री लालबाबु राउतले नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै सङ्घीय सरकराले प्रदेश नम्बर २ मा कोरोनाभाइरस नियन्त्रणका लागि समन्वय र सहयोग नगरेको आरोप लगाए । उनले सङ्घ सरकारले प्रदेश नम्बर २ सँग सौतेनी व्यवहार गरेको बताउँदै प्रदेश सरकारको स्रोत साधनलाई समेत उपयोग गर्न सङ्घ सरकारले बाधा पुर्याएको बताए ।

यता, प्रदेश सरकारले आफै एक महिनाको समयमा काम गर्न सकेको छैन । महामारीबाट प्रदेश नम्बर २ मा सबैभन्दा बढी प्रभावित पर्सा जिल्लामा प्रदेश सरकारबाट कुनै सहयोग आएको छैन । समय-समयमा आएर नारायणी अस्पताललाई सामान्य स्वास्थ्य उपकरण र केही लाख रुपैयाँ अनुदान दिन बाहेक प्रदेश सरकारले कुनै कदम उठाउँन सकेको छैन ।

पर्सामा अक्सिजन, भेन्टीलेटर र अस्पतालमा आइसियू बेड नपाएर कोरोना सङ्क्रमितहरुले ज्यान गुमईरहेको बेला प्रदेश सरकारले एउटा छुट्टै अस्थायी कोभिड विशेष अस्पतालसमेत बनाउँन नसकेको सरोकारवाला बताउँछन् ।

Back to top