×

भारत ३ जेठ । भारतले कोभिड १९ विरुद्धको औषधि सार्वजनिक गरेको छ । भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’(डीआरडीओ)ले विकास गरेको औषधि भारत सरकारले सोमबार सार्वजनिक गरेको हो ।


समाचार संस्था एएनआईका अनुसार भारतको केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ् मन्त्री हर्षवर्धनले कोभिड १९ बविरुद्धको २ डिओक्सि–डी–ग्लुकोज नामक औषधि सार्वजनिक गरेका छन् । भारतको डीआरडीओको ‘इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन एण्ड एलाइड साइन्सेज’ले डा. रेड्डी प्रयोगशालासँगको समन्वयमा उक्त औषधि बिकास गरेको हो 


२ डिजी औषधिको दश हजार डोजको पहिलो ब्याच सार्वजनिक गरिएको छ । धुलोको रुपमा आउने औषधीलाई पानीमा घोलेर खाने गरी तयार गरिएको छ । औषधि भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको बृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्नेछ ।


भारतीय समाचार संस्था एएनआईका अनुसार दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको भारतमा कोभिड १९ विरुद्धको उक्त औषधिले कोरोना सङ्क्रमण रोक्ने तथा अस्पतालमा उपचारार्थ बिरामी छिटो निको हुने विश्वास गरिएको छ ।

Back to top