×

वीरगञ्ज ३ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

नयाँ मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १२३, डिजेल तथा मट्टितेलको मूल्य १०६ र आन्तरिक हवाई इन्धनका लागि मूल्य प्रतिलिटर ७८ पुगेको छ ।

निगमले यसअघि पनि प्रतिलिटर २ रुपैयाँले मूल्यवृद्धि गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार वृद्धि भइरहेको जनाउँदै निगमले मूल्य वृद्धि गर्दै आएको छ ।


गत वर्ष लकडाउनका समयमा इन्धनको मूल्य निकै घटेको थियो । लगातार कच्चा तेलको मूल्यवृद्धि भइरहँदा निकट भविष्यमा पेट्रोल प्रतिलिटर मूल्य १५० सम्म पुग्ने आँकलन गरिएको छ ।

Back to top