×

वीरगञ्ज, २ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । गए राति दुबै देशका नेताहरुसँग टेलिफोन संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आह्वान गरेका हुन् ।

बाइडेनले इजराईली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बासँग एक्लाएक्लै फोन वार्ता गरेका हुन् । इजरेल र प्यालेस्टाईनबीचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा विगत ६ दिनदेखि युद्ध जारी छ ।

पछिल्लो पटक इजरेली सेनाको रकेट आक्रमणमा परि प्यालेस्टाइनको एउटा शरणार्थी शिविरमा आश्रय लिइरहेका १० जना मारिएका छन् । यसैगरी प्यालेस्टाइनमा विदेशी मिडियाहरुको कार्यालय रहेको टावरलाई पनि इजरेलले ध्वस्त बनाई दिएको छ । मध्यपूर्वको अवस्था जटिल बन्दै गएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आज बस्दैछ । एजेन्सी

Back to top