×

वीरगञ्ज, ३१ बैशाख । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटबढ भएको छैन । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रति तोला ९१ ह्जार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै प्रति तोला ९१ ह्जार १ सय रुपैयाँ कायम छ । तर, यता चाँदीको मूल्यमा भने शुक्रबार सामान्य गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा प्रति तोला ५ रुपैयाँले गिरावट आउदै चाँदी १ हजार ३ सय ३० रुपैयाँ कायम भएको छ ।
 

Back to top