×

वीरगञ्ज, ३१ बैशाख । मुस्लिम धर्मालम्बीहरूले शुक्रबार पवित्र चाड इद उल फित्र (इदुल फित्र) मनाउँदै छन्। मुस्लिम धर्मालम्बीहरूले एक महिना लामो रमादान पर्व(रोजा) पुरा भएको खुसियालीमा इद उल फित्र मनाउने गर्छन्। 

करिब एक महिना कठिन ब्रत गर्दै विभिन्न इस्लामिक ग्रन्थ पाठ गरी बस्ने प्रचलन रहेको छ । उक्त समयमा नराम्रा काम गर्न नहुने र नराम्रा कुरा सुन्न र हेर्न पनि नहुने कडा नियम छन्।

रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ। इद उल् फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम समुदायहरू पवित्र भइ नयाँ नयाँ सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढने परम्परा रहेको छ । 

तर बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्षको इद सरकारले घरभित्र रहेर मनाउने आग्रह गरेको छ ।

मुस्लिम समुदायको पवित्र पर्व ईदउल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। 

Back to top