×

वीरगञ्ज, २७ बैशाख । कोरोना कहरका बिच पनि सुनको मूल्य आकाशिएको छ । गत हप्तादेखि निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्यले उकालो लाग्ने क्रम अँझै रोकिएको छैन ।

गत शुक्रबार प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार थप एक सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा थियो भने सोमबार २ सय रुपैयाँले उकालो लागी ९२ हजार पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति तोला २ सय रुपैयाँले वृद्धि हुने नेपाली बजारमा सुनको मूल्य अधिकतम ९२ हजार रुपैयाँमा कारोबार भएको छ । 
त्यस्तै, सोमवार तेजाबी सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । 

यता, चाँदीको मूल्य समेत गत शुक्रबारको तुलनामा बृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार अधिकतम १५ रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार गत आइतबार प्रति तोला एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रति तोला १५ रुपैयाँले बढेर एक हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।
 

Back to top