वीरगञ्ज २४ बैशाख । वीरगञ्ज महानगरपालिकाले शुक्रवारदेखि नि:ल्क स्वाब संकलन शुरू गरेको छ ।
वीरगञ्जस्थित आर्दशनगर नगरसभागृह नजीकै रहेको वारूणयन्त्र परिसरमा आजदेखि स्वाब संकलनको कार्य शुरू भएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयसरावगीले जानकारी दिए ।
नगरप्रमुख सरावगीले आज पहिलो दिन ४९ जनाको स्वाब संकलन भएको बताए । उनले स्वाब संकलनको कार्य निरन्तर जारी रहने बताए । सङ्क्रमणको आशंका भएका जोकोहीले पनि स्वाब संक्लान स्थानमा पुगेर आफ्नो थ्रोट स्वाबको नमूना दिन सक्ने उनको भनाई छ ।
स्वाब संकलन र परिक्षण गर्न कुनै शुल्क नलाग्ने उनले बताए ।