वीरगञ्ज, २४ बैशाख । पर्सा जिल्लामा फैलिएको कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि जारी निषेधाज्ञामा भोजन वितरण गर्ने अभियानले निरन्तरता पाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर निवासी राजेश सिँह, साबिह दरवार सेवा, सम्र्पण सेवा संस्था, स्टार मार्बल एण्ड सेनेटरी प्रा.लि. लगायतका संघ संस्थाहरुले नियमित ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका गरिब तथा विपन्नहरुलाई भोजनको व्यवस्था गरिरहेका छन् ।
निषेधाज्ञाका कारण रोजगारी नहुँदा छाक टार्न धौ धौ परेकाहरुलाई मध्यनजर गर्दै खाना खुवाउने कार्य शुरु गरिएको सिँहले बताए । वीरगञ्जको घण्टाघर, आदर्शनगर, बिर्ता, नारायणी अस्पताल लगायतका ठाउँमा पुगेर खाना वितरण गरिएको छ ।
सडकको पेटीमा बस्ने, मागेर गुजारा चलाउने, असहाय तथा अशक्तहरुलाई खाना खुवाइएको सिँहको भनाई छ । सिँह्का अनुसार निषेधाज्ञा अवधिभर भोकाहरुको भोक मेटाउने अभियान जारी रहनेछ ।