×

फाइल तस्बिर ।

वीरगञ्ज, २१ बैशाख । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएको पत्र भोलि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने एक स्थायी कमिटी सदस्यले बताए । उनले भने, 'आज ढिलो भइसकेकाले समर्थन फिर्ताको पत्र भोलि दिने निर्णय भएको छ ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर यही वैशाख २७ गतेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेका छन् । 

यसपछि माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो । अब माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

Back to top