×

वीरगञ्ज, २१ बैशाख । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ । 

जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिईएको होे ।

यही अधिकार प्रयोग गरी जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा निषेधाज्ञा लगाउने तयारीमा रहेको भएतापनी तत्काल निषेधाज्ञा नगरिने बताइएको छ । 

मंगलबार जिल्ला प्रशासन कार्यालय कलैयामा बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपालको तीन वटै सुरक्षा निकायका प्रमुख एवम् १६ वटै स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरु सहित सरोकारवालाको बैठकले जिल्लामा निषेधाज्ञा नलगाउने निर्णय गरेको हो ।

बारा जिल्लामा हाल ३ सय ३८ जना संक्रिय कोरोना संक्रमित रहेका छन भने १० जनाको मृत्यृ भईसकेको छ ।

Back to top