×

वीरगञ्ज, २१ बैशाख । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीबाट आइपिएल क्रिकेट पनि अछुतो हुन सकेन । 

इन्डियन प्रिमियर लिग (आईपिएल क्रिकेट) खेल्ने खेलाडीहरू कोरोना भाइरस संक्रमित हुन थालेपछि आईपीएल क्रिकेटका खेललाई अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एक विज्ञप्ति जारी गर्दै आईपीलका खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी गराएको छ ।
कोरोना संक्रमणको प्रभावलाई लिएर आईपीएल र बीसीसीआईका अधिकारीहरूको आपत्कालीन बैठकले तत्कालका लागि आईपीएलका खेल रोक्ने निर्णय गरेको हो ।

आईपीएलका अध्यक्ष बृजेश पटेलले खेलाडी र टिमका सदस्यमा कोरोना संक्रमण देखिएपछि आईपीएलका खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको बताए ।
 

Back to top