×

वीरगञ्ज, २१ बैशाख । बाराको तामागढी कोहल्वी सडकखण्डमा चक्का पड्किएर ट्रकमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

मकवानपुरको हेटौडाबाट  सिम्रौनढतर्फ आउँदै गरेको ना ४ख९५९८ नम्बरको सिमेन्ट बोकेको ट्रकको पछाडिको चक्का पड्किएर एक्कासी आगलागि भएको हो ।

मंगलवार बिहान करिब ९ बजेतिर भएको आगलागीबाट २ लाख ५६ हजार मूल्य बराबको ४ सय २० बोरा सिमेन्ट र १५ लाख ४४ हजार मूल्य बराबरको ट्रकमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उक्त आगलागीमा मानविय क्षति भने नभएको प्रहरीले प्रस्ट पारेको छ ।

इलाका प्रहरी कार्यालय निजगढ, अस्थाई प्रहरी पोष्ट झुरझुर र २ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए । 
 

Back to top