×

एजेन्सी । बिहारका मुख्यमन्त्री नितीशकुमारले राज्यमा पूर्ण लकडाउन हुने जानकारी दिएका छन् । उनले  जेठ १ (मे १५) सम्म पूर्ण लकडाउनको घोषणा गर्ने तयारी भैरहेको बताएका हुन् । यसबारे पूर्ण दिशानिर्देशन मंगलबार बस्ने संकट व्यवस्थापन समूहको बैठकले गर्ने उनले बताएका छन् ।

कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएपछि भारतीय मेडिकल एसोसिएसन, पटना एम्सका चिकित्सकहरु, सिआइटी लगायतले तत्काल लकडाउन घोषणा गर्न माग गरिरहेका थिए । पटना उच्च अदालतले सोमबार यो मुद्दाका विषयमा सरकारसँग जवाफ मागेको थियो । मुख्यमन्त्री नितिशकुमारले आज संकट व्ववस्थापन समूहको बैठक बोलाएका छन् ।

यो बैठकबाट लकडाउनका लागि विस्तृत निर्देशन दिने तयारी छ । जागरण डटकमका अनुसार बिहारमा पछिल्ला दिन दैनिक १३ देखि १५ हजार नयाँ संक्रमितहरु देखिइरहेका छन् ।

सोमबार मुख्यमन्त्री नितिशकुमारले कोरोना संक्रमणको अवस्थाबारे बुझ्न उच्चस्तरीय बैठक बैठक बोलाएका थिए । बैठकमा उनले स्थानीय प्रशासन र प्रहरीलाई कोभिड प्रोटोकललाई कडाईका साथ पालना गराउन निर्देशन दिएका थिए ।

Back to top