×

वीरगञ्ज २१ वैशाख । वीरगञ्जमा एक २६ वर्षीय युवकको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

नारायणी अस्पतालमा उपचाररत युवकको मंगलबार बिहान साढे ११ बजे श्वासप्रश्वासको समस्याका कारण कोरोनाबाट मृत्यु भएको हो ।

अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार मृत्यु हुने युवक वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी हुन् । 

स्वास्थ्यमा समस्या आएपछि बैशाख १६ गते अस्पताल भर्ना भएका युवकको सोही दिन एन्टीजेन प्रविधिबाट कोभिड परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । 

उनमा गम्भीर किसिमको निमोनिया देखिएको डा. दासले जानकारी दिए । निमोनियाका कारण उनको दुवै फोक्सोमा समस्या भएपछि श्वासप्रश्वासमा अफ्ठ्यारोको कारण उनको मृत्यु भएको डा. दासले बताए ।

डा. दास अनुसार उनको अस्पतालस्थित अईसियू वार्डमा विगत ३ दिनदेखि भेन्टिलेटर सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो । 

उनका अनुसार ०७७ चैत्र अन्तिम सातादेखि अहिलेसम्म नारायणी अस्पतालमा उपचाररत २८ जनाले ज्यान गुमाई सकेका छन् ।

Back to top