×

सङ्केतिक तस्विर ।

वीरगञ्ज, २१ बैशाख । वीरगञ्जस्थित नेशनल मेडिकल कलेकद्वारा सञ्चालित बाबा होटल कोभिड अस्पतालमा उपचारत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्सागढी नगरपालिका वडा नम्बर ९ का ३४ बर्षीय पुरुष रहेका छन् । उनको मंगलबार बिहान साढे सात बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति विनय कुमार श्रीवास्तवले जानकारी दिए ।

बैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई बैशाख १८ गते मात्रै अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको श्रीवास्तवले बताए ।

Back to top