×

वीरगञ्ज, २१ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो परीक्षणमा १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

पर्सा जिल्लाको विभिन्न स्थानबट संकलित १ सय ९२ जनाको थ्रोट स्वाबको नमुना नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ८७, बाराका २४ र रौतहटका ४ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।

३१ जनामहिलासहित थपिएका संक्रमितहरु ५ वर्षदेखि ८० वर्ष उमेर समुहका रहेका छन् ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासका अनुसार उनिहरुको सिटि भ्यालु १७ देखि ३५.६ सम्म रहेको छ । 
 

Back to top