×

वीरगञ्ज, २१ बैशाख । गायक सरोज अधिकारीको शब्द, संगीत तथा स्वरमा सजिएको ‘दुई दिने जीवन’ बोलको गीत सार्वजनिक भएको छ । गीत विशेषगरी युवापुस्तामा केन्द्रित छ ।

यस्तै दीवाकर हित्त्लेरले सृजना गरेका गीतको ¥यापमा किरण श्रेष्ठको आवाज रहेको छ । उक्त गीतको मिक्सींग तथा एरेञ्ज बिशाल गुरुङले गरेका छन् । ‘प्रभाव’ एल्बमअन्र्तगतको उक्त गीतलाई किशोर तामांगले रेकर्ड गरेका छन् ।

नितिन चन्दले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुरले अभिनय गरेका छन् । गायक अधिकारीकै कथामा निर्मित भिडियोलाई योदीन योञ्जन र राजु तिमिल्सिनाले छायांकन गरेका छन् । सब्बु तामांगले मेकअप गरेको भिडियोको सम्पादन पनि निर्देशक चन्दले नै गरेका छन् ।

वर्तमान परिवेशमा युवा पुस्ता कुलत तथा लागुऔषध दुव्र्यसनमा फस्दै जाने प्रवृति बढीरहेको अवस्थामा उक्त गीतमार्फत कुलतमा लाग्दा देखिने नतिजा, त्यसले पार्ने प्रभाव लगायतलाई चित्रण गर्ने अभिप्रायले गीत सार्वजनिक गरिएको गायक अधिकारीले बताए ।

गायक सरोज अधिकारीको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गीतले मुख्यतया कुलतको लतबाट टाढा रहने सन्देश दिन खोजिएको छ । 

Back to top