×

वीरगञ्ज २० वैशाख । पर्सा प्रहरीले बालिका अपहरण गरेको शड्ढामा एकजना महिलालाई नियन्त्रणमा लिएको छ ।

बिहार, टुमरियाटोल निवासी ४५ वर्षीया महिलालाई बालिका अपहरणको अभियोगमा नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

कलैया उपमहानगरपालिका मोतीबागका बृजकिशोर सर्राफकी ४ वर्षीया छोरीलाई महिलाले अपहरण गरेको आरोप छ ।

उनी बालिकाको घरमा डेरा लिई बसेको र बालिकालाई ललाइफकाइ अपहरण गरेको शुरुवाती अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

पक्राउ परेकी महिलाले भने बालिकाको आमासग सोधेर रक्सौल घुमाउन लिएर आएको बेतुकको जवाफ दिएको प्रहरीले जनाएको छ । पर्सा जिल्लामा निषेधाज्ञा रहेको र रक्सौल आवतजावत बन्द भएको अवस्थामा बालिकाको आमाले बालिकालाई डेरावालासंग घुमाउन पठाउने कुरा असुहाउदो देखिएको छ ।

महिलालाई बालिकासहित वीरगञ्जको नगवाबाट पक्राउ गरिएको थियो । घटनासम्बन्धमा थप अनुसंधान भैरहेको प्रहरीले जनाएको छ ।

Back to top