×

वीरगञ्ज, १६ बैशाख । शेयर बजार कारोबार मापक नेप्से परिसूचक बिहीवार (आज) झन्डै २६ अङ्कले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन परिसूचक २५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६ सय ११ दशमलव १० विन्दुमा पुगेको छ । 

बिहीवार होटल तथा पर्यटन र लगानी समूहबाहेक अरू समूहको सूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक एक सय ४२ दशमलव ८८ अङ्कले बढेको छ ।

बिहीवार चार अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरका ९८ लाख ५८ हजार कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेडको ३० करोड ९६ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्ट लिमिटेडको १८ करोड ७२ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

बिहीवार महिला लघुवित्त वित्तिय संस्था र सिनर्जी हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्य १० प्रतिशले बढेको छ । श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य भने दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।
 

Back to top