वीरगञ्ज, १५ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक बृद्ध महिलाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ निवासी ६० वर्षीय बृद्ध महिलाको बुधवार बिहान १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । बुधवार नै गरिएको एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।
डा. दासका अनुसार ति बृद्ध महिला गम्भिर किसिमको निमोनियासहित दीर्घ रोगी समेत रहेकी थिईन । योसँगै बुधवार मात्रै हालसम्म ३ जना कोरोना संक्रमित मृत्यु भएको छ ।
यसअघि आजै बारा र सर्लाहीका २ जना संक्रमितको मृत्यु भएको थियो ।