×

वीरगञ्ज, १५ बैशाख । भारतको असममा बुधबार बिहान ६.४ म्याग्नेच्युटको भूकम्प गएको छ । 

भारतको राष्ट्रिय सेन्टर फर सिस्मोलोजीका अनुसार बुधबार बिहान स्थानीय समयअनुसार सात बजेर ५१ मिनेटमा भूकम्प गएको थियो ।

यसको इपिसनेटर सोनितपुरमा रहेको बताइएको छ । भूकम्पले उत्तर बंगालका साथै पूर्वी नेपालका केही भूभागमा पनि झड्का महशुस भएको छ । 

असमका मन्त्री हेमन्त विश्वकमा समाजिक सञ्जालमा भूकम्पले तिव्र झड्का दिएको लेख्दै केही तस्वीर पनि शेयर गरेका छन् ।

गुहाटीसमेत केही क्षेत्रमा पर्खार भत्किुनका साथै चिरा परेका छन् । अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । 

असमका मुख्यमन्त्री सर्वानन्द सोनावालले मानिसहरुलाई सचेत रहन आग्रह गरेका छन् ।

भूगर्भ वैज्ञानिकका अनुसार ६.४ म्याग्नेच्युटको भूकम्पले पनि ठूलो क्षति गर्न सक्छ । टेक्टोनिक प्लेटमा हलचल भएपछि भ्रकम्प जाने गर्दछ ।

Back to top