सांकेतिक तस्विर ।
वीरगञ्ज, १५ बैशाख । बारामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति ट्रयाक्टरले ठक्कर दिँदा कोल्हबी नगरपालिका वडा नम्बर १० बसन्तपुर्वाकी ७० वर्षे अपाङ्ग बृद्धा सखतुरली देवी हजाराको ज्यान गएको बारा प्रहरीले जनाएको छ ।
मंगलबार राति करिब पौने १० बजेतिर ना ४ त ९४५७ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी हजाराको बीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान ज्यान गएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।
प्रहरीले ट्रयाक्टरका चालक बारागढी गाउँपालिका ३ मुर्किपलियाका २८ वर्षे लक्ष्मी पण्डितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मिश्रले बताए ।