×

वीरगञ्ज, १३ बैशाख । सोमवार सुनचाँदीको मूल्य घटबढ भएको छैन ।

नेपाली बजारमा सोमवार (आज) सुनचाँदीको मूल्यमा स्थिरता आएको हो । साताको पहिलो दिन आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ३ सय रहेको थियो भने आज पनि सोहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ८ सय रुपैया रहेको छ ।

आज प्रतितोला चाँदीको मूल्य १३ सय १० रुपैया रहेको छ । यसअघि आइतवार पनि चाँदीको मूल्य सोहि मूल्यमा कारोवार भएको थियो ।
 

Back to top