×

वीरगञ्ज, १२ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आइतवार दुई खेल हुँदै छन् ।

वान्खाडे स्टेडियममा हुने पहिलो खेलमा चेन्नई सुपर किंग्सले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै चेन्नई तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ४ खेल खेलेको चेन्नई ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

आजको खेलमा विजयी भए चेन्नईले शीर्ष स्थानमा पुग्नेछ । बैंगलोर पनि आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा आफूलाई बलियो बनाउने योजनामा हुनेछ । लिगमा ४ खेल खेलेको बैंगलोरको ८ अंक छ ।

आइतवार नै हुने दोस्रो खेलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ पौने ८ बजे बाट सुरु हुनेछ ।
खराब प्रदर्शन गरिरहेको हैदरावाद आजको खेलमा जित निकाल्ने योजनामा हुनेछ ।

हैदरावादको ४ खेलबाट २ अंक छ । दिल्ली पनि आजको खेलमा फराकिलो जित निकाल्दै अंकतालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।
 

Back to top