×

वीरगञ्ज, १२ बैशाख । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । 

विगत केही समयदेखि बढिरहेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ७०० रहेको छापावाल सुन आज ४ सय घट्दै ९१ हजार ३ सय रूपैयाँमा किनबेच भइरहेको छ । तेजावी सुन प्रतितोला ९० हजार ८ सय रूपैयाँ छ ।

यसैगरी चाँदी प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।

Back to top