फाइल तस्बिर
वीरगन्ज । काठमाडौं लगायत देशभरीमा जहाजहा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ सो सहरमा कम्तीमा ४ साता लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ । काठमाडौँ उपत्यका लगायत देशको विभिन्न सहरमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेकोले मन्त्रालयले लकडाउन गर्न सिफारिस गरेको हो ।
मन्त्रालयको सुझावमाथी कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को दिउँसो ४ बजे बस्ने बैठकमा छलफल गरिनेछ । नेपालमा संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको र भारतमा अवस्था भयावह भईसकेकाले काठमाडौं उपत्यका तथा देशका विभिन्न सहरमा लकडाउन गर्न सीसीएमसीमा सुझाव पठाईएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
प्रधानमन्त्रीले ब्रिफिङ सुनेपछि आवश्यक निर्णय लिने सक्नेछन् । उनले लकडाउन गर्नेबारे निर्णय लिन सक्ने सम्भावना उच्च रहेको सरोकारवाला बताउछन् ।