वीरगञ्ज, ८ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा निःशुल्क मास्क वितरण गर्नुका साथै सचेतनामुलक कार्यक्रम गरिएको छ ।
स्वतन्त्र समाज नेपालले प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत प्रहरीसँगको हातेमालोमा सचेतनामुलक कार्यक्रम गरिएको हो । बिना मास्क हिँडडुल तथा आवतजावत गर्नेहरुलाई जरिवाना गर्नुका साथै मास्क वितरण गरी सचेत बनाएर छोडिएको संस्थाले जनाएको छ ।
स्वतन्त्र समाज नेपालका सहसचिब नितेश वर्णवालको नेतृत्वमा जनचेतनामुलक कार्यक्रम गरिएको हो । वीरगञ्जमा बढ्दै गरेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै नागरिकलाई सचेत बनाउने र कोभिड १९ को संक्रमणबाट बचाउने अभिप्रायले सचेतनामुलक कार्यक्रम गरिएको संस्थाका सहसचिब वर्णवालले बताए ।
सो अवसरमा प्रहरी चौकी नगवाका प्रहरी सहायक निरिक्षक गौरी शंकर साह, प्रहरी, स्वतन्त्र समाज नेपालका सदस्यहरु रुपल जैसवाल, राजन श्रेष्ठ, अभिनास गुप्ता, मनिष श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।
नागरिकलाई सचेत बनाउन सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने वर्णवालको भनाई छ ।