बीरगन्ज, ८ बैशाख । नेपाल पत्रकार महासंघ पर्साका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बुधवार प्रेस चौतारी नेपाल पर्साले सम्मान गरेको छ ।
गत चैत २५ गते सम्पन्न महासंघको निर्वाचनमा केन्द्र, प्रदेश र जिल्ला शाखामा निर्वाचित पदाधिकारीहरुलाई बुधवार एक कार्यक्रमका बिच प्रेस चौतारीले सम्मान गरेको हो ।
नेकपा एमालेको राष्ट्रिय सभा संसदीय दलका नेता तथा प्रदेश नम्बर २ का प्रदेश सचिव सुमन प्याकुरेलले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।
प्रेस चौतारी पर्साका संयोजक श्याम बन्जाराको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसि लामिछाने, पर्साका अध्यक्ष अनुप तिवारी, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, प्रेस चौतारीका सल्लाहकार महेश दास, नेपाल प्रेस युनियनका अध्यक्ष रामनारायण कुर्मी, वानका महासचिव आरसि यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण प्रेस चौतारी पर्साका सहसंयोजक तुलसी भण्डारीले गरेका थिए ।