काठमाडौं, ८ बैशाख । बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातबाट लागू हुने गरी लकडाउन घोषणा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगञ्ज उपमहानगर क्षेत्रभर बुधबार मध्यरातिदेखि बैशाख १५ गतेसम्म लकडाउन हुने जानकारी दिए ।
सिडिओ गेलालका अनुसार बुधबार बिहानसम्म सक्रिय संक्रमितको संख्या ७ सय ३५ पुगेसँगै अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई मध्यनजर गर्दै लकडाउन गरिएको हो ।
लकडाउनको समयमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको छ ।
यस्तै अत्यावश्यक कामबाहेक हिँडडुलमा समेत रोक लगाइएको छ ।