×

वीरगञ्ज, ८ बैशाख । असत्य माथि सत्यको विजय प्राप्त गरेका भग्वान रामको जन्म दिनकओ स्मरणमा आज जनकपुरमा रामनवमी मनाइँदै छ ।

चैत्र शुक्ल नवमी अर्थात रामनवमीको अवसरमा आज विहानैदेखि देशभरका राम मन्दिर र प्रदेश नम्बर २ को जनकपुरस्थित जानकी मन्दिरलगायतका स्थानमा पूजाआज्ञा गर्ने श्रधालु भक्तजनहरुको घुइँचो लागेको छ ।

त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । आजको दिन देशभरि रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरि ब्रत बसि रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत–रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरि रात भरि भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहि आएको छ ।

अयोध्याका राजा दशरथको जेष्ठ पुत्र राम भगवान विष्णुको सातौ अवतारको रुपमा जन्म लिइ मिथिलाका राजा जनककी पुत्री सीतासँग विवाह गरि संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गर्नुका साथै आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरि मानव जातिलाई सत्यको मार्गमा हिड्न प्रेरणा दिएकोले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धामिर्क ग्रन्थहरुमा उल्लेख गरिएका छ । यो पर्व चैती नवरात्रीको बीचमै परेको हुनाले आजको दि

भगवान रामको साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजा गरिन्छ । रामनवमीको दिन जनकपुरमा भव्य मेला लाग्ने गर्दछ । तर गतवर्ष झै यसपटक कोरोना संक्रमणका कारण रामनवमी प्रभावित भएको छ ।

रामनवमीको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक वदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै बुधबार रामनवमीको अवसरमा बुधबार सार्वजनिक विदा रहेको घोषणा गरेका हुन् ।

Back to top