×

वीरगञ्ज, ५ बैशाख । वीरगञ्जमा पहिलो पटक कठिन मानिने ब्रेनको एन्यूरिज्म क्लिपिङ्ग शल्यक्रिया (अप्रेसन) सफलतापूर्वक सम्पन्न भएको छ ।

वीरगञ्जमामा अहिलेसम्म न्यूरो ट्रोमा मात्र हुँदै आएकोमा वरिष्ठ चिकित्सक डा. विपिन चौरसियाको टोलीले पहिलो पटक एनियूरीजमको सफल सलक्रिया गरेका छन् । अप्रेशनलाई मेडिकल भाषामा क्लिपिङ्ग अफ एनिरीजम भनिन्छ । 

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर २ निवासी हजमिनिया दरवार निवासी शेष जलिलका श्रीमती श्यामदिया खातुनको टाउँको नशा फुलेर फुटेपछि वीरगञ्जको भवानी अस्पतालमा भर्नामा भएकी थिइन् । उनलाई विर्तास्थित जय पोली क्लिनिकबाट रिफर गरेर अस्पतालमा ल्याई उपचार गरिएको थियो । 

के हाे एन्यूरिज्म ?

याे एउटा गम्भीर प्रकृतिकाे दिमागकाे (ब्रेनकाे) नसामा हुने राेग हाे । एन्यूरिज्ममा दिमागकाे नसा फुटेर रगत बग्ने गर्दछ जस्का कारणा बीरामीलाइ पहिला एक्दमै जाेडले टाउकाे दुख्ने र बिस्तारै बेहोश हुँदै जाने र ब्रेन हेमरेज हुने गर्दछ, जस्काे सर्जरी नीकै कठिन हुने गर्दछ ।

खातुनको वीरगञ्जका न्युरो सर्जन डा. बिपिन चौरसिया, डा. रञ्‍जित कुमार चौरसिया, डा. सफरोज अन्सारीको टिमले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको अप्रेशन थिऐटर सफल सर्जरी गरेका थिए । हाल बिरामी खातुनको अवस्था निकै राम्रो रहेको तथा कुनै किसिमको समस्या नभएको परिवारिक स्रोतले जनाएको छ ।

गम्भीर प्रकृतिका ब्रेन सर्जरीमा सहभागी रहेका डाक्टरहरुले वीरगञ्जको भवानी हस्पिटलमा पत्रकार सम्मेलनको आयोजना गरी वीरगञ्जमै मस्तिकसको नाशा फुटेको बिरामीको अप्रेशन तथा सफल उपचारको बिषयमा जानकारी दिएका छन् । अप्रेशनमा सहभागी डा. बिपिन चौरसियाले कम खर्चमै वीरगञ्जमै आधुनिक प्रबिधिकाबाट उपचार गर्न सम्भव रहेको वताए । उनले यस्तो बिरामीलाई काठमाडौँ अथवा बाहिर पठाउँदा रिक्स हुने गरेको तथा बाटोमै मृत्यु हुने गरेको अनुभव हामीलाई रहेको वताए ।

अप्रेशनमा सहभागी डाक्टर सफरोज अंसारीले वीरगञ्जमै हाल सम्म नभएको अप्रेशन हाम्रो टिमले माइक्रो एस्कोपको मदतबाट गर्न सफल भएको बताए । अर्काका डा. रञ्‍जितकुमार चौरसियाले तराईवासीहरुमा जानकारीका अभावका कारण अहिलेसम्म बाहर अथवा बिदेशमै लगेर ब्रन सम्बन्धि उपचार गराउँने परिपाटी रहेको पत्रकार सम्मेलनमा बताए । डा. चौरसियाले हामीले गरेको अप्रेशन वीरगञ्जमा अहिलेसम्म कसै नगरेको भए पनि यो सफलतासँगै अब सम्भव रहेको प्रष्ट भएको दावी गरे ।

डा. चौरसियाले वीरगञ्जमै आधुनिक स्थरको अप्रेशन थिऐटर देखि आवश्यक मेसिन तथा माइक्रो स्कोपहरु पनि उपलब्ध रहेको बताए । बाहिरका अस्पतालहरुमा प्रदान गरिने सेवा र वीरगञ्जमा हामीले प्रदान गर्ने सेवामा खासै फरक नरहेको उनले पत्रकार सम्मेलनमा बताए ।

तर खर्चमा बाहिर अलि महगो रहेको तथा वीरगञ्जमा हामीले कम शुल्कमै उच्च स्थरीय सेवा दिने प्रयास गरेको बताए । 

पत्रकार सम्मेलनमा उपचार पछि हाल बिरामीको अवस्था निकै राम्रो रहेको बताउँदै उपचारमा समलग्न रहेको चिकित्सकहरुलाई खातुनका श्रीमान शेष जलिलले अभार व्यक्त गरे ।

Back to top