×

वीरगञ्ज, ४ बैशाख । होटल तथा पर्यटन व्यवसायी संघ र वीरगञ्ज जेसिज बिच मैत्रीपूर्ण सेभेन ए साईड फूटबल प्रतियोगिता सम्पन्न भएको छ ।

वीरगञ्जस्थित आदर्शनगर रंगशालामा सम्पन्न फूटबल प्रतियोगितामा वीरगञ्ज जेसिज १ का विरुद्ध ७ गोलको फराकिलो अन्तरले विजयी भएको हो । वीरगञ्ज जेसिजद्वारा आयोजित प्रतियोगितामा विजयी हुनेहरुलाई वीरगञ्ज जेसिजका पूर्व अध्यक्ष निशान्त लामिछानेले शिल्ड तथा मेडल प्रदान गरेका थिए ।

संस्थाका बर्तमान अध्यक्ष रञ्जन राउतको सभापतित्वमा सम्पन्न प्रतियोगितामा वीरगञ्ज जेसिजका संस्थापक तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोपाल केडिया लगायतको उपस्थिती रहेको थियो । 

Back to top