×

वीरगञ्ज, २ वैशाख ।  राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो ।

वान्खडे स्टेडियममा भएको खेलमा दिल्लीले १४८ रनको लक्ष्य दिएकोमा राजस्थान रोयल्सले निर्धारित १९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै १५० रन बनाएको थियो । राजस्थानका लागि डेभिड मिलरले ६२ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै क्रिस मोरिसले ३६ रन बनाउँदा राहुल तिवातीयाले १९ रन बनाए ।

दिल्लीका लागि आभास खानले तीन विकेट लिए । त्यस्तै कगिसो रबाडा र क्रिस वोक्सले समान दुई(दुई विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान ऋषव पन्तले ५१ रनको अर्धशतकीय पारी खेले ।त्यस्तै टोम करणले २१ रन बनाउँदा ललित यादवले २० रनको योगदान गरे ।

बलिङतर्फ राजस्थानका लागि जयदेश अन्कडले ३, मुस्तफिजुर रहमानले २ र क्रिस मोरिसले १ विकेट लिएका थिए । जितसँगै राजस्थानले २ खेलबाट २ अंक जोडेको छ ।

राजस्थान पहिलो खेलमा पन्जाब किङससँग पराजित भएको थियो । यता दिल्लीको पनि २ खेलबाट २ अंक रहेको छ । दिल्लीले पहिलो खेलमा चेन्नइ सुपर किङ्सलाई हराएको थियो ।

Back to top