×

सांकेतिक तस्विर ।

वीरगञ्ज, २ वैशाख । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ७ हजार २७८ सामुदायिक विद्यालय छनौट गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौत गरि मापदण्डहरु समेत सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको सूचीमा पर्सा जिल्लाको विभिन्न स्थानीय तहका २८ वटा विद्यालय छनौटमा परेका छन् ।

छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यन्वयन गर्नुपर्नेछ । 

कार्यक्रममा छनौट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ ।

छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण,खानेपानीसहितको शौचालय,कम्प्युटर ल्याब,पुस्तकालय तथा विज्ञान प्रयोगशाला,सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।

छनौटमा परेका पर्सा जिल्लाका विद्यालय;

 

Back to top