×

वीरगञ्ज, १ बैशाख । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा आठ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी ४८ वर्षीय जोखन साह फकिर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटल अगाडि सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको ८ लाख नगद रुपैयाँ बरामद गरि उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

खनालका अनुसार अनुसार हिजो दिउँसो करिब २ बजेको समयमा साइकलमा चढी हिँडिरहेको अवस्थामा निजलाई रोकेर चेकजाँच गर्दा उक्त परिमाणको रकमसहित नियन्त्रणमा लिइएको थियो ।

बरामद गरिएको नगदसहित फकिरलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको खनालले बताए  ।

Back to top